६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपिङ मल र कम्प्लेक्सहरूले ७० करोड कर तिर्न आलटाल



अ+ अ-

काठमाडौं । राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भए पनि सो अवधिभित्र उनीहरूले कर बुझाउन आलटाल गरेका हुन् ।

काठमाडौं महानगरपालिका राजस्व विभागले असार १५ गते ३० दिनको म्याद दिई आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी प्रपर्टिज प्रालि, स्टार मललगायतलाई घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यसै गरी, एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कुल, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताललगायतलाई पनि घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

सो अवधिमा एनआरटी क्लब र काठमाडौं इन्जिनियरिङ कलेजबाहेक अन्यले सम्पर्कसमेत नगरेको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले जानकारी दिए ।तोकिएको अवधिका कर तिर्न नआएपछि महानगरले बुधबार माइकिङ गरी सचेत गराउँदै घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्नेसम्बन्धी सूचना टाँस गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।