२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट लिग: नेपाल स्कटल्याण्डसँग पराजित



अ+ अ-

काठमाडौं ।आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो । यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको लक्ष्य दिएको थियो । जवाफमा स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४७ बलमा सात चौकासहित ४३ रनको योगदान दिएका हुन् । त्यस्तै ब्रेन्डन म्याकमलन ३२ रनमा अविजित रहे भने माइकल लिस्कले २२ रन बनाए । ओपनर जर्ज मुन्शेले १७ रन जोड्दा म्याथ्यु क्रसले १३ रन बनाए ।

नेपालका ललितनारायण राजवंशी, गुलशन झा र सागर ढकालले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको थियो । नेपालका गुलशन झाले २९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यसैगरी ज्ञानेन्द्र मल्लले ३९ बलमा तीन चौकासहित २५ रन जोडे भने कुशल भुर्तेलले १७ रन बनाए । दीपेन्द्रसिंह ऐरी नौ रनमा आउट हुँदा करण केसीले आठ रन जोडे । आसिफ शेख सात रनमा ‘क्याच आउट’ भए भने सागर ढकालले चार तथा ललितनारायण राजवंशीले तीन रन जोडे ।

स्कटल्याण्डका क्रिस सोलले तीन विकेट लिँदा मार्क वाटले दुई विकेट लिए । ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले समान एक–एक विकेट झारे ।

यसअघि भएको नेपाल र नामिबियाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क जोडेका थिए । नेपालले अब बुधबार नामिबियासँग खेल्नेछ । स्कटल्याण्ड ३० खेलमा २१ मा जित र ७ मा हारका साथ ४४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको हो । नेपाल २२ खेलमा ८ मा जित र १२ मा हारसहित १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ । रासस