• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल

तिलगंगा अस्पताल र तुलसालयद्वारा निःशुल्क आँखा शिविर सम्पन्न



ललितपुर । तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज यहाँ आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

ललितपुर महानगरपालिका वडा नं २५ स्थित जन उदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालन गरिएको तुलसालय अनाथ आश्रममा आश्रित बालबिालका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकाहरुका साथै अन्य स्थानीय नागरिकहरु पनि लाभान्वित भएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु सरोज देवकोटा, नरुदेव भण्डारी, मनिषा प्रजापतिलगायत दश जनाको समूहले आँखाको जाँच गर्नुभएको थियो ।

सो शिविरमा एक वर्षको बच्चादेखि ८८ वर्षका ज्येष्ठ नागरिकसम्मले सेवा पाएका र सो शिविरमा आएकामध्ये मोतियाबिन्दु भएका पाँच र आँखामा मासु पलाएका चार जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उहाँहरुको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने अस्पतालले जनाएको छ ।

ललितपुरको नख्खुडोलमा अवस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकासमेत गरेर ४३ जना आश्रित रहेका छन् ।

सो शिविरमा उक्त फाउन्डेसनकी अध्यक्ष सरु सुवेदी, स्थानीय समाजसेवी राजकुमार थापा र ललितपुर महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष दौलत कुमार खत्रीले आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कर्ममा सहयोग पुर्याएकामा तिलगङ्गा आँखा अस्पताललाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । रासस
थ्