• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने काठमाडौँ महानगरको निर्णय



फाईल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा जसले गर्यो उसैबाट क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

महानगरले एक जरुरी सूचना जारी गर्दै कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा, क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानूनबमोजिम कारवाही एवं हानि नोक्सानीबापतको क्षतिपूर्ति कानूनबमोजिम भराइने जनाएको छ ।

आफ्नो भौगोलिक क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा संरक्षण गर्ने कानूनी दायित्वसमेत स्थानीय तहलाई हुने कानूनी व्यवस्थाका आधारमा काठमाडौँ महानगर क्षेत्रभित्र रहेका त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको सूचनामा उल्लेख छ ।

कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट सो कानून उल्लंघन गर्न निषेध गरिएकाले जसले क्षति पुर्याउँछ उसैबाट क्षतिपूर्ति भराइने महानगरले जनाएको छ ।