१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा रेस्टुरेन्ट १२ बजेसम्म र क्लब एवम् डीस्को बिहान ४ बजेसम्म खोल्न पाइने



अ+ अ-

काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला प्रमुख अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त समय तोकेको हो ।

जिल्ला प्रशासन कार्यालयको अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै, रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौमा रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको बताएको छ ।