२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकमा एमालेलाई २७ लाख मत



file
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार चार सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले चार लाख आठ हजार नौ सय ६४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९९, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९० हजार एक सय ९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार चार सय ३६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश नं १ मा एमालेले छ लाख २९ हजार आठ सय ८५, कांग्रेसले पाँच लाख २९ हजार आठ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९० हजार छ सय चार, माओवादी केन्द्रले एक लाख ७७ हजार दुई सय ६१ मत प्राप्त गरेको छ ।

मधेसमा कांग्रेसले तीन लाख ८६ हजार दुई सय ९३, एमालेले तीन लाख ४३ हजार सात सय २८, जनमत पार्टीले तीन लाख सात हजार तीन सय ५०, जसपा नेपालले दुई लाख ८७ हजार आठ सय ४६, माओवादी केन्द्रले एक लाख ७८ हजार नौ सय ३६, एकीकृत समाजवादीले एक लाख १२ हजार दुई सय ६४ र लोसपा नेपालले एक लाख १० हजार आठ सय ५२ मत प्राप्त गरेको छ ।

बागमतीमा एमालेले पाँच लाख ५४ हजार एक सय, कांग्रेसले चार लाख ६३ हजार एक सय ३८, माओवादी केन्द्रले दुई लाख ६९ हजार दुई सय १५ र राप्रपाले दुई लाख ६६ हजार पाँच सय २४, गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।

लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६ र माओवादीले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिममा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार २९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेका छन् । रासस