• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

समानुपातिकतर्फ ९६ लाख मत गणना , एमालेको २६ लाख



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ ।

आज बिहान १०:३० बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २५ लाख ९३ हजार चार सय ६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार तीन सय तीन मत प्राप्त गरेको छ ।

नेकपा(माओवादी केन्द्र)ले ११ लाख चार हजार आठ सय ३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार जनमत पार्टीले तीन लाख एक हजार छ सय २० मत, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ६५ हजार पाँच सय ४७ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार तीन सय पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार चार सय आठ, नेपाल मजदूर किसान पार्टीले ७३ हजार एक सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ५२ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार पाँच सय एक र राष्ट्रिय जनमोर्चाले ४५ हजार तीन सय पाँच मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।रासस