२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याउको बिरुवामै भ्रष्टाचार !



अ+ अ-

काठमाडौँ । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ ।

स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याइ झुठो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ । आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरुद्ध रु एक लाख ६१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो । आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध रु दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ ।