१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल

पहिलो हाफमा सर्बियालाई क्यामरुनविरुद्ध २–१ को अग्रता

पहिलो हाफमा सर्बियालाई क्यामरुनविरुद्ध २–१ को अग्रता
अ अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा सर्बियाले क्यामरुनविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।

अल जानोउव मैदानमा जारी खेलमा सर्बियाले पहिलो हाफ सकिँदा क्यामरुनविरुद्ध २–१ गोलको अग्रता बनाएको हो ।

१० औं मिनेटमा सर्बियाका फरवार्ड अलेक्सान्डर मित्रोभिचले प्रहार गरेको बल क्यामरुनको पोस्टमा ठोकिएर बाहिरिन पुग्यो । उनले डि–बक्स भित्रबाट देब्रे खुट्टाले प्रहार गरेको बल देब्रे पोलमा ठोकिन पुगेको थियो ।

१७ औं मिनेटमा मित्रोभिचले गोल गर्ने सुनौलो अवसर गुमाए । क्यामरुनका डिफेन्डरबीच तालमेल नमिन्दा मित्रोभिचले गोल गर्ने मौका पाएका थिए । तर उनले पोस्ट बाहिर प्रहार गरे । बललाई सही दिशा दिन सकेनन् ।

१९ औं मिनेटमा क्यामरुनका पिएरे कुन्डेले प्रहार गरेको बललाई सर्बियाका गोलकिपर भान्जा मिलिकोन्भिचले पञ्च गरेर सानदार बचाउ गरे । ४२ औं मिनेटमा पुनः कुन्डेले प्रहार गरेको बललाई गोलकिपर मिलिकोन्भिचले पुनः रोके ।

२९ औं मिनेटमा जिन चाल्र्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० को सुरुवाती अग्रता दिलाए । कर्नरबाट प्राप्त बललाई तयारी अवस्थामा रहेका उनले सजिलै ‘ट्यापिङ’ गरेर गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा सर्बियाले खेल बराबरी गर्यो । सर्बियाका लागि स्ट्राहिन्जा पाब्लोभिचले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । डुसान टाडिचले फ्रिकिकबाट प्रहार गरेको बललाई हेडरमार्फत उनले सानदार गोल गरे ।

यस्तै, इन्जुरी समयको ४५+३ मिनेटमा मिलिन्कोभिच सेभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए । डि–बक्स भित्रबाट उनले क्यामरुनका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।