• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

कतार विश्वकप: आज पनि चार खेल हुँदै, तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै



काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार पनि चार खेलहरु हुँदैछन् ।

कतारमा जारी विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘जी’मा रहेको क्यामरुन र सर्बिया बीच अल जानौबी स्टेडियममा प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार दिउसो ३ः४५ बाट सुरु हुने खेलमा दुबै टिम जितको खोजीमा रहेका छन् । सर्बिया पहिलो खेलमा ब्राजिलसँग २-० गोलको अन्तरमा पराजित भएको थियो भने क्यामरुन स्विट्जरल्यान्डसँग पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एच ‘ को दक्षिण कोरिया र घाना बीच खेल हुनेछ । एजुकेशन सिटी स्टेडियममा हुने खेल साझँको ६ः४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको घाना जितको खोजीमा रहेको छ । दक्षिण कोरियाले भने उरुग्वेसँग बराबरी खेलेको थियो ।

विश्वकप अन्तर्गत सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्टेडियम ९७४ मा हुने खेलमा दुबै टिम दोस्रो जितको खोजीमा रहेका छन् । खेल रातको ९ः४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो भने स्विट्जरल्यान्डले क्यामरुनलाई हराएको थियो ।

त्यस्तै चौंथो खेलमा समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । पोर्चुगल दोस्रो जितको योजनामा छ भने उरुग्वे पहिलो जितको आशमा छ ।

३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका कतार विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।