१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

स्पेन र जर्मनीको बराबरी

स्पेन र जर्मनीको बराबरी
अ अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’को खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

भर्खरै सम्पन्न खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । स्पेनका लागि अल्भारो मोराटाले तथा जर्मनीका लागि निकलास फुल्कर्गले गोल गरे ।

खेलको छैटौं मिनेटमा ड्यानी ओल्मोले प्रहार गरेको बललाई जर्मनीका गोलकिपर म्यानुएल नोएरले उत्कृष्ट बचाउ गरे । यस्तै, ३६ औं मिनेटमा स्पेनका फेरान टोरेसले प्रहार गरेको बललाई जर्मनीका जमाल मुसियालाले डिफेन्ड गर्दै विफल पारे ।

खेलको ४० औं मिनेटमा जर्मनीका एन्टोनियो रुडिगरले गरेको गोलले मान्यता पाएन । भीएआरको सहायताले उनले गरेको गोलले मान्यता दिलाएन । उनी अफसाइड रहन पुगे ।

५६ औं मिनेटमा जर्मनीका जोसुआ किमिकले प्रहार गरेको बललाई स्पेनका किपर युनाइ सिमोनले बचाउ गरे । ६१ औं मिनेटमा बैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।

७३ औं मिनेटमा जर्मनीले बराबरी गर्ने अवसर गुमायो । मुसियाला स्पेनका किपर सिमोनसँग वान टु वान रहेर पनि गोल गर्न सकेनन् । ८३ औं मिनेटमा फुल्कवर्गले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

बराबरीसँगै स्पेन २ खेलबाट ४ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदा समान खेलबाट १ अंक जोडेको जर्मनी पुछारमा छ । यस्तै ३ अंक रहेको जापान र कोस्टारिका क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।