• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

मोबाइल एपमा पनि विश्वकप फुटबल लाइभ हेर्न सकिने व्यवस्था मिलाउने तयारीमा मिडिया हब



काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलले यतिबेला चर्चा कमाइरहेको छ । नेपालमा पनि लाखौं दर्शकहरुले खेलको मजा लिइरहेका छन् ।

यसैबीच, मिडिया हबले मोबाइलमा समेत फिफा विश्वकप फुटबल हेर्न सकिने व्यवस्था मिलाउने भएको छ । विश्वकप फुटबल हेर्न सकिने ‘पाइरेटेड’ वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका लागि त्यसको प्रसारण अधिकार लिएको कम्पनीले यस्तो व्यवस्था मिलाउन लागेको हो ।

कम्पनीका सञ्चालक सोम धितालका अनुसार मोबाइल तथा कम्प्युटरमा समेत फुटबल विश्वकपको लाइभ हेर्न पाउनु पर्ने दर्शकको माग जायज रहेकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन लागिएको हो ।

यद्यपि, मोबाइल एपमा समेत विश्वकप फुटबल हेर्न निश्चित शुल्क तिर्नुपर्ने उनको भनाई छ । विश्वकप अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेल सम्पन्न भएर दोस्रो चरणका खेल सुरु भइसकेका छन् । नेटटिभीको ओटीटी एपमार्फत विश्वकप फुटबलको लाइभ हेर्न सकिने गरी काम गरिरहेको धिताल बताउँछन् ।