५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाएको छ: इराकी प्रधानमन्त्री

भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाएको छ: इराकी प्रधानमन्त्री
अ+ अ-

बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले उहाँले हालै गरेको अमेरिका भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाउन सघाएको जानकारी दिनुभएको छ । उहाँले आफूले हालै गरेको सो भ्रमणबाट इराक र अमेरिकाबीचको सम्बन्धलाई थप स्थायी बनाएको बताउनुभएको हो ।

अमेरिकाको भ्रमणको एक दिनपछि उहाँको यो प्रतिक्रिया आएको छ । उहाँले अमेरिकाको भ्रमण सकेर स्वदेश फर्किएपछि यो कुरा बताउनु भएको उहाँका सञ्चार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।   

उहाँले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेन र अरू अमेरिकी उच्च अधिकारीहरुसँग भेट गर्नुभएको थियो । उहाँले राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा द्विपक्षीय वार्ता गर्नुभएको थियो ।

आफूले गरेको अमेरिका भ्रमणका क्रममा सुरक्षा, अर्थ, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा द्विपक्षीय सहयोग र समझदारी गर्ने विषयमा सहमति भएको र यी क्षेत्रमा इराकका लागि ठूलो सहायता मिलेको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री कादिमीले आफ्नो भ्रमणका क्रममा नै अमेरिकालाई इराकबाट सेना फिर्ता गर्न भन्नुभएको र अमेरिकाले यसै वर्षको अन्तिमसम्ममा अमेरिकाले आफ्ना सबै सेना फिर्ता गर्न सहमत भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

कादिमीसँग भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ । उहाँले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालीम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिनुभएको छ ।

इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतङ्ककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेका छन् । अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ । 

इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताउनु भएको थियो । उहाँले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भन्नुभएको छ, हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालीमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ । (रासस-सिन्ह्वा)