५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कुन देशले एक सातामा सबै मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाइसक्नेछ ?

कुन देशले एक सातामा सबै मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाइसक्नेछ ?
अ+ अ-

काठमाडौं । नेपालको छिमेकी तथा भारत र चीनको बीचमा रहेको हिमाली मुलुक भुटानले लगभग सबै योग्य जनसङ्ख्यालाई कोभिड १९ विरुद्ध खोप लगाइसक्न लागेको छ। यूनिसेफले त्यसलाई 'ठूलो सफलता' भनेको छ।

भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार मात्र सात दिनभित्र ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पूर्ण रूपमा खोप लगाइसकेका छन्। भुटानमा आठ लाख मानिस बसोबास गर्छन्। पहाडी मुलुक भएर पनि उक्त देशले कसरी कुशलतापूर्वक यति चाँडै खोपमा सफलता पायोरु

कठिन भू-भाग
"हाम्रो भौगोलिक अवस्थिति अप्ठ्यारो खालको छ तर उचित योजनाका कारण हामी एक साताभित्रै पहिलो र दोस्रो मात्रा खोप लगाउन सफल भयौँ," भुटानको खोप कार्यदलका सदस्य सोनम वाङ्चुकले भने।

"पहिलो मात्रा लगाउनेको सङ्ख्या लगभग ९९ प्रतिशत पुगेको छ भने योग्यमध्येमा दोस्रो मात्रा लगाउने ९२ प्रतिशत छन्," वाङ्चुकले बीबीसी रेडियोसँग भने।

भुटानमा वयस्क जनसङ्ख्या पाँच लाख ३०,००० को हाराहारी छ। त्यसमध्ये कैयौँ सडकसँग नजोडिएका दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्छन्। केही क्षेत्रका पहाडी गाउँहरूमा पुग्नका लागि स्वास्थ्यकर्मीहरूले घण्टौँ हिँड्नुपर्छ।

डा. वाङ्चुकका अनुसार देशभरि गरेर १,२२० वटा खोपकेन्द्र बनाइएको थियो र ती केन्द्रमा करिब ३,५०० खोप कार्यकर्ता परिचालित थिए। भूपरिवेष्टित भुटानले गत मार्चमा भारतबाट साढे पाँच लाख मात्रा खोप प्राप्त गरेको थियो। आवश्यक तयारी गरिएपछि गत एप्रिलको एक सातामा अधिकांश योग्य वयस्क जनसङ्ख्यालाई खोप लगाइएको थियो।

खोप अनुदान
भारतले घातक दोस्रो लहरको सङ्क्रमण सामना गरेपछि खोप निर्यात रोकेको थियो। त्यसपछि भुटानले आफ्नो आवश्यकता पूर्ति गर्न अरु विकल्प खोज्नुपरेको थियो।

उक्त देशमा आवश्यकताभन्दा बढी हुनेगरी धनी देशहरूबाट खोप अनुदान प्राप्त भयो। "हामीले अमेरिकाबाट पाँच लाख मात्रा मोडेर्ना दुई युरोपेली देशबाट साढे छुई लाख मात्रा आस्ट्राजेनेका खोप प्राप्त गर्‍यौँ," डा. वाङ्चुकले भने।

त्यसपछि जुलाई २० देखि दोस्रो मात्रा खोप लगाउन सुरु गरियो। यूनिसेफले भुटानको सफलतालाई अरूले पनि अनुसरण गर्नुपर्ने उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

उसले विश्वभरिका देशहरूलाई आफूलाई बढी भएको खोप अन्य देशलाई दान गर्न आह्वान पनि गरेको छ। यूनिसेफका भुटान प्रतिनिधि विल पार्क्स भुटानबाट अरूले पाठ सिक्नुपर्ने बताउँछन्।

उनले भने, "भुटानबाट विश्वले सिक्नुपर्ने कुरा के हो भने, एकदमै थोरै चिकित्सक र नर्स भए पनि समाजलाई परिचालन गर्न वास्तवमै प्रतिबद्ध राजा र सरकारी नेतृत्व नभएको भए पूरै देशमा खोप लगाउन सम्भव थिएन।" भुटानले खोप मिसाउने प्रणाली अपनायो। लगभग सबैलाई पहिलो मात्रा आस्ट्राजेनेका लगाइएको थियो तर त्यसमध्ये अधिकांशले दोस्रो मात्रा मोडेर्नाको खोप लगाए।

सरकारमाथि विश्वास

भुटानमा कोभिडका कारण हालसम्म २,५०० जनामा सङ्क्रमण तथा दुई मृत्युको विवरण आएको छ।

भुटानी अधिकारीहरूका अनुसार त्यहाँ नियमित खोप कार्यक्रम सफल रहेको रेकर्ड छ र कोभिड खोप लगाउन कोही पनि अनिच्छुक देखिएनन्।

"जनतामा सरकारप्रति आस्था र विश्वास छ। उनीहरू सरकारलाई विश्वास गर्छन्," वाङ्चुकले भने।