• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   यो ६ वर्षको गोरुले बनायो विश्व कीर्तिमान ★   बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   २६ दिन बेपत्ता भएपछि घर फर्किए ‘तारक मेहताका उल्टा चश्मा’ फेम अभिनेता गुरुचरण सिंह ★   महासचिव गुटेरेससँग सचिव लम्सालको भेट ★   आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा ★   नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले १० ओभरमै भेट्टायो ★   भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी ★   हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान ★   ८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाऔँ: मुख्यमन्त्री कार्की ★   गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

सेनेगलद्वारा आयोजक कतार पराजित



काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो ।

कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा र्पूयाए ।

त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो । खेलको ८४औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।

जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ । यता कतारको यो लगातार दोस्रो हार हो ।