१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘दृश्यम २’ सय करोड क्लबमा प्रवेश

‘दृश्यम २’ सय करोड क्लबमा प्रवेश
अ अ+ अ-

एजेन्सी । अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’ ले एक सातामै सय करोड कमाएको छ । फिल्मले रिलिजको सातौं दिनमा ८.६२ करोड कलेक्सन गरेको छ ।

यसरी फिल्मको कुल कमाई १०४.६६ करोड पुगेको हो । यो वर्ष बलिउडका लागि निकै निराशाजनक रह्यो । बक्स अफिसमा राम्रो कमाइ गर्ने फिल्म कमै छन् । अब दृश्यम २ पनि यो सूचीको हिस्सा बनेको छ ।

फिल्मको पछिल्लो कलेक्शन शेयर गर्दै फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन् – ‘दृश्यम २ नटआउट, पहिलो हप्तामा फिल्मले राम्रो कमाई गरेको छ, अब सबैको नजर दोस्रो हप्तामा छ ।

शुक्रबार १५.३८ करोड, शनिबार २१.५९ करोड, आइतबार २७.१७ करोड, सोमबार ११.८७ करोड, मंगलबार १०.४८ करोड, बुधबार ९.५५ करोड, बिहिबार ८.६२ करोड। कुल १०४.६६ करोड।’

करिब ६० करोडको बजेटमा बनेको दृश्यम २ ले रिलिज भएको सात दिनमै आफ्नो बजेटभन्दा झण्डै दोब्बर नाफा कमाएको छ । चलचित्रले अहिले पनि हलमा राम्रो कलेक्सन गरिरहेको छ ।

अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन र अक्षय खन्नाको मुख्य भूमिका रहेको छ । फिल्मको पहिलो भाग निशिकान्त कामतले निर्देशन गरेका थिए तर कोभिडको समयमा उनको मृत्यु भएको कारण फिल्मका निर्माता अभिषेक पाठकले निर्देशनको जिम्मेवारी समेत लिएका थिए ।