• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह ★   मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री ★   उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली ★   शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता ★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी

रणवीर–आलियाले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक



एजेन्सी । बलिउड कपल रणवीर कपुर र आलिया भट्टले छोरीको नामाकरण गरेका छन् ।

बिहीबार बेलुका इन्स्टाग्रामको एक पोस्टमार्फत आलियाले उक्त जानकारी गराएकी हुन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखिदिएका छन् ।

रणवीरकी आमा नीतुले यो नाम राखिदिएकी हुन् । फुटबल क्लब बार्सिलोनाको जर्सीमार्फत उनीहरुले छोरीको नाम सार्वजनिक गरे ।

आलियाले छोरीको नाम ‘राहा’को अर्थ खुशि भएको बताएकी छन् । १४ अप्रिल, २०२२ मा आलिया र रणवीरबीच विवाह भएको थियो भने गत ६ नोभेम्बरमा आलियाले छोरीलाई जन्म दिएकी थिइन् ।