६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा–२: नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित



अ+ अ-

धनुषा । धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गर्नुभएको छ भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत प्राप्त गर्नुभएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ्गाराम यादवले १२ हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका जयनारायण साहले नौ हजार नौ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित यादव विसं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । रासस