• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित



काठमाडौं । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

गिरीले २ हजार २ सय ६३ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ सय ९ मत पाउनुभएको छ ।

गिरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यस अघि २०७४ सालको निर्वाचनमा पनि जोशीसँगै १२ हजार ५ सय मतको अन्तरमा विजयी हुनुभएको थियो ।