• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

एमाले अध्यक्ष केपी ओली दोब्बर बढी मतान्तरले विजयी



दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्नु भएको थियो ।

संसदीय निर्वाचनमा ओलीको यो छैटौं जित हो । ओलीलाई यस क्षेत्रमा राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो ।

अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नु भएको थियो । काँग्रेस प्रत्यासी अधिकारीले २३ हजार ७४३ मत मात्र पाउनु भएको थियो ।

एक लाख ५४ हजार २८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १५० मत खसेको थियो ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आउनु भएको छ । उहाँले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं ६ बाट निर्वाचित हुनु भएको थियो । ओली २०५६ मै झापा क्षेत्र नं. २ बाट समेत निर्वाचित हुनु भएको थियो ।

तर अध्यक्ष ओली २०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित हुनु भएको थियो । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित हुनु भएको थियो । उहाँ झापा ५ बाट २०७४ मा सर्वाधिक मतका साथ विजयी हुनु भएको थियो ।