९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा बलात्कारको मुद्दामा पप गायक पक्राउ



अ+ अ-

एजेन्सी । चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ।

यसै महिनाको सुरुमा एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चिनियाँ-क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।

त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरिएको आरोप लगाएका छन्। वुले सबै आरोप अस्वीकार गरेका छन्।

उक्त समाचार चिनियाँ सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशित भएको र त्यसले यौनमा सहमतिको विषयमा बहस निम्त्याइरहेको छ।

एक दर्जन विश्व प्रतिष्ठित ब्रान्डहरूले घटनापछि वुसँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेका छन्।

पहिलो पटक आरोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइएको बताएकी छन्।

उनले आफूलाई मदिरा सेवन गर्न दबाव दिइएको र बिहान उठ्दा वुको ओछ्यानमा आफूलाई पाएको जनाएकी छन्।

उनले रोजगारी र अरू अवसरहरू उपलब्ध गराउने वाचा गरेर वुले आफूलाई सम्बन्ध राख्न बाध्य पारेको सात जना अरू महिलाले बताएको उल्लेख गरेकी छन्।

तीमध्ये कतिपय उमेर नपुगेका किशोरी रहेको उनले बताइन्। वुले ती १९ वर्षीया युवतीलाई मदिरा सेवन गराएको अस्वीकार गरेका छन्।

उनले लोभ देखाएर यौन सम्बन्ध राखेको, अर्धचेत युवतीलाई बलात्कार गरेको र नाबालिगसँग सम्बन्ध राखेको अस्वीकार गरेका छन्।

चिनियाँ कानुनमा १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग ठहर गरिएको छ तर यौनका लागि सहमति दिन सक्ने उमेर १४ वर्ष भनिएको छ।

"त्यहाँ त्यस्तो यौन सम्बन्ध थिएन। त्यहाँ नाबालिग थिएनन्," आफूविरुद्ध आरोप लगाइएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्। यदि त्यस्तो भएको भए कृपया तपाईँहरू सबै शान्त रहनूस् म आफूलाई जेलमा पठाउने छु।

उनका वकिलहरूले आरोप लगाउने युवतीमाथि मानहानिको अभियोग लगाउने तयारी गरेका छन्। यो घटना सन् २०१८ को मी टू अभियानका कारण चीनमा यौन हिंसासम्बन्धी चेतना बढ्दै जाँदा बाहिर आएको हो।

त्यस बेला कैयौँ महिलाहरूले चर्चित व्यक्तिहरूको यौन दुर्व्यवहारबाट पीडित भएको भन्दै मुख खोलेका थिए। सुरुमा वु केटाहरू सम्मिलित के पप समूह इएक्सओको सदस्यका रूपमा चर्चामा आएका थिए।

सन् २०१४ मा उनले सफल एकल गायन, अभिनय, मोडलिङ र ट्यालेन्ट सोको निर्णायक बन्न उक्त ब्यान्ड छाडेका थिए।