५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

तालिबानले प्रमुख सहर कब्जा गर्न खोजेपछि हिंसात्मक द्वन्द्व

तालिबानले प्रमुख सहर कब्जा गर्न खोजेपछि हिंसात्मक द्वन्द्व
अ+ अ-

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ। सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन्।

सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन्। तर यी तीन सहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ।

तालिबालले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ। लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ।

तालिबानले त्यहाँ गभर्नरको कार्यालय कब्जा गर्न खोजेको यो दुई दिनमा दोस्रो पटक हो। अफगान फौजका कमान्डरले शुक्रवार तालिबान लडाकुतर्फ उल्लेख्य क्षति पुर्‍याएको दाबी गरेका थिए।

बीबीसी संवाददाता सेकुन्दर केरमानीले तालिबानले सहरमा आक्रमण केन्द्रित गरेको र थुप्रै अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको हेल्मन्ड प्रान्तको राजधानी लश्कर गहको अवस्था तरल रहेको बताएका छन्।

उनले तालिबानहरूले सहरको प्रमुख स्थानहरूमा आफ्ना लडाकुको तस्बिर सामाजिक सञ्जालमा हालेको बताउँदै एक स्थानीयले सरकारी सेनाले पछाडि धकेले पनि यो घटनाले तालिबानको बढेको सामर्थ्य देखाएको बताएको बताए। लडाकुहरू आम नागरिकका केही घरलाई कब्जा गरेका कारण उनीहरूलाई लखेट्न गाह्रो हुने र अझ हिंसात्मक द्वन्द्वको सम्भावना रहने केरमानीले बताए।

कान्दहारका एक सांसदले बीबीसीलाई उक्त सहरमा तालिबानले कब्जा गर्ने जोखिम रहेको बताउँदै हजारौँ मानिसहरू घर छोडेर हिँडेको र मानवीय सङ्कट आउने बताए।

गुल अहमद कामिनले अवस्था प्रत्येक घण्टा खराब बन्दै गइरहेको बताउँदै सहरभित्रको द्वन्द्व गएको २० वर्षमा सबैभन्दा खराब भएको बताए।

उनले तालिबानले कान्दहरलाई अस्थायी राजधानी बनाउन चाहेको बताउँदै त्यो सहर तालिबानको कब्जामा गए अन्य पाँच वा छ प्रान्त पनि उनीहरूले नियन्त्रणमा लिने बताए।

सहरका थुप्रै प्रवेश बिन्दुमा तालिबान रहेको र उनीहरू सहरभित्र प्रवेश गर्न सक्षम भएको अवस्थामा नागरिकको ज्यान जोखिममा पार्ने गरी सरकारी सेनाले ठुला हतियार प्रयोग गर्न नसक्ने बताए।

आर्थिक हिसाबले महत्त्वपूर्ण हेरातमा दक्षिणी भागमा तालिबान प्रवेश गरेपछि द्वन्द्व चर्किएको टोलो न्यूजले जनाएको छ। त्यहाँ कम्तीमा पाँच स्थानमा गोली हानाहान भइरहेको बताइएको छ।

अमेरिकी सेनाले अफगान सेनालाई सहयोग पुर्‍याउन हवाई आक्रमण गरेको र सरकारी सेनाले विमानस्थल नजिकैको जिल्लालाई पुनः नियन्त्रणमा लिएको बताइएको छ।

शुक्रवार हेरातको विमानस्थल नजिकै संयुक्त राष्ट्रसङ्घको परिधिबाहिर एक सुरक्षाकर्मी मारिएका थिए। सो घटनालाई राष्ट्रसङ्घले तालिबानले जानीजानी गरेको आक्रमण बताएको छ। (बीबीसी)