१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता



अ+ अ-

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित केसीलाई पछ्याइ रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले तीन हजार ३६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

बागलुङ–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले आठ हजार आठ सय ५७ मतसहित अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले छ हजार सात सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यतर्फ बागलुङ–१ (१)मा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापाले सात हजार आठ सय ८१ मतसहित अघि छन् । उनलाई सात हजार एक सय १६ मतले एमालेका हिराबहादुर केसीले पछ्याइ रहेका छन् ।

बागलुङ–१ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन् । एमालेका नवराज पौडेलले पाँच हजार एक सय २४ मत प्राप्त गरेका छन् ।

बागलुङ–२ (१)मा पनि गठबन्धनको अग्रता छ । कांग्रेसका जीतबहादुर शेरचनले नौ हजार चार सय ६२ मतसहित स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पछि पारेका छन् । घर्तीले सात हजार छ सय ३० मत ल्याएका छन् ।

२ को (२) मा कांग्रेसका दोर्ण कुँवर नौ हजार दुई सय ५५ मतसहित अघि छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनले छ हजार नौ सय सात मत प्राप्त गरेका छन् । कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको यस जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो । मतगणना जारी छ ।




भर्खरै