• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

भक्तपुर २ः अग्रता बढाउँदै कांग्रेसका थापा, महेश बस्नेतको कति मत ?



भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणामअनुसार थापाले १६,३७३ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतलाई ६५६ मतले अग्रता लिएको हो ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले १५,७१७ मत पाएका छन् ।

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो ।