• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा पुनः मतदान



काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ ।

स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान भइसकेको छ ।

स्थगित भएकामध्ये बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ । बाजुरामा मतदान भइसकेको कतिपय मतदानस्थलबारे विवाद जारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ ।