५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता जारी

तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता जारी
अ+ अ-

तनहुँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा गठबन्धनको अग्रता कायमै रहँदै आएको छ ।

तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा तीस हजार तीन सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय आठ, नेकपा (एमाले)का किरण गुरुङले ११ हजार दुई सय ८६ मत पाउनुभएको छ । दुई हजार आठ सय बाइस मतका साथ कांग्रेसका भण्डारी अग्रस्थानमा हुनुहुन्छ ।

त्यसैगरी तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक हजार सात सय बैसठ्ठी, एमालेका एकबहादुर रानाले एक हजार तीन सय एक मत पाउनुभएको छ । कांग्रेसका पौडेल चार सय एकसठ्ठी मतले अग्रस्थानमा हुनुहुन्छ ।

त्यसैगरी तनहुँ (२) क मा दश हजार छ सय छयालिस मत गणना हुँदा गठबन्धनका राजेन्द्रकेशरी न्यौपानेको चार हजार दुई सय पचपन्न, एमालेका श्यामराजा महत तीन हजार आठ सय त्रियानब्बे मत रहेको छ । गठबन्धनका न्यौपाने तीन सय बैसठ्ठी मतले अग्रता हुनुहुन्छ ।

त्यसैगरी तनहुँ क्षेत्र नं १ (२) मा तीन हजार तीन सय त्रिहत्तर मत गणना हुँदा गठबन्धनका हरिबहादुर चुमानको एक हजार सात सय अठ्ठार, एमालेका पूर्ण गुरुङको सात सय बयनब्बे मत रहेको छ । नौ सय छब्बीस मतले चुमानले अग्रता लिनुभएको छ ।

तनहुँ क्षेत्र नं १ मा एक लाख तेइस हजार चार सय नव्बे मतदातामा छैसठ्ठी हजार नौ सय पैसठ्ठी मत खसेको छ भने क्षेत्र नं २ मा एक लाख पच्चीस हजार पाँच सयमा अट्सठ्ठी हजार दुई सय एकहत्तर मत खसेको थियो ।