२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अध्यक्ष होइन,अधिकार चाहिन्छ’



अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्। तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका हुन्।

‘पार्टीभित्र लामो समय विवाद भयो। फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ। नेताहरूको मूल्याँकन हुने सम्भावना कम छ। पहिला पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले सबै नेता र कार्यकर्तालाई समान जिम्मेवारी दिनका लागि पनि बराबरी अधिकार आवश्यक छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो। स्रोतका अनुसार नेपालले पार्टीमा दोस्रो अध्यक्ष होइन, ओलीले बराबर अधिकार प्रयोग गर्न चाहन्छन्।

नेपालले आइतबार बिहान धेरै समय ‘पर्ख र हेर’ को अवस्थामा बस्ने स्थिति नभएकाले निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्ने अवस्था आएमा एमालेमै बस्न सकिने सन्देश ओलीलाई पठाएका थिए। तर ओलीले नेपालको सन्देशको कुनै जवाफ नदिएको स्रोतले जनाएको छ। 

पार्टी उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेले नेता नेपालको सन्देश लिएर ओलीसँग भेटघाट गरेका थिए। ओली भने नेपालको माग स्वीकार गर्न इच्छुक छैनन्। पृथ्वी सुब्बा गुरुङलगायतले दबाब दिएपछि ओली नेपाल समूहलाई पार्टीमा ल्याउन तयार भएका हुन्। उनी कार्यदलले तयार पारेको १० बुँदे सहमतिभित्रै रहेर विवाद मिलाउने पक्षमा छन्। उनले १०बुँदे सहमतिमै टेकेर अघि बढ्नुपर्ने बताएका छन्।

उनले स्थायी कमिटीको आइतबार बसेको बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेललाई एकताका लागि व्यवहारिक रुपमा अधिकतम प्रयास गर्न निर्देशन दिएका छन्। ओलीले बैठकमा नेपालको सन्देशबारे केही नबोलेको एक नेताले बताए। यो समाचार नागरिक दैनिकमा छ ।