६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको भेलमा मिसियो आँसु



अ+ अ-

काठमाडौं । मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला। निकै मिहिनेत गरेर २० वर्षअघि बनाएको उनको घरलाई भूकम्पले पनि ढाल्न सकेको थिएन। तर, बाढीले जगदेखि पकलक्क उखेलिएर एकतर्फी ढल्किएको छ दुईतले ढलान घर। त्यही घरको मूल ढोकामै अडेस लागेर बसेको भेटिइन् नाजु। 

बाढीले घर मात्रै होइन, त्यही वरपर रहेको खेतबारी पनि बगायो। गाउँका दिदीबहिनी भेट हुँदा होस् वा अरू कोही, बाढीका कुरा निस्किनासाथ उनी भक्कानिन्छिन्। उनको परिवार घरभन्दा माथि रहेको अस्थायी टहरामा आश्रय लिएर बसिरहेको छ। परिवारमा श्रीमान्, दुई छोरा, बुहारी र नातिहरू छन्। हेलम्बु गाउँपालिका–२ गणेश बगरकी उनले पोहोर मात्र २४ लाख ऋण लिएर खेत किनेकी थिइन्। त्यही खेत पनि बाढीले बगायो।

हजुरबाकै पालादेखिको ५० मुरी धान फल्ने खेत पनि बगेपछि सम्पत्तिका नाममा केही बाँकी रहेन। छोराहरू खेतीपातीसँगै ट्राउट माछापालन गर्थे। तर, त्यो पनि बाढीले डुबायो। उनी त्यस दिन छोरीको रोपाइँमा गएकी थिइन्। अपराह्न ४ बजेदेखि खोलाको सतह बढ्न थालेको महसुस गरिन्।

रोपाइँ सकिएर नुहाउन जाँदा खोला धमिलिइसकेको थियो। आफूले किनेको खेतछेउ पो खोला आइपुग्यो कि भन्ने भयो। छोरालाई हेर्न पठाउँदा जान मानेनन्। उनका श्रीमान् र छोराहरू माछा पालेको ठाउँमा कुलो भत्कियो भन्दै उतै लागे।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।