६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक मतगणनामा काँग्रेसको शुरुआती अग्रता



अ+ अ-

काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्राप्त विवरण अनुसार, समानुपातिकको मतगणनामा नेपाली काँग्रेसले शुरुआती अग्रता बनाइरहेको छ । सोमबार राति ९ बजेसम्मको विवरणमा काँग्रेसले आठ हजार ७९८ मत प्राप्त गरिसकेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले सात हजार ६४३ मत पाएको छ ।

तेस्रो स्थानमा भने रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । यस दलले पाँच हजार ६४२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र) ले चौथो स्थानमा रहँदै तीन हजार १९८ मत हासिल गरेको छ ।

त्यसैगरी, राप्रपाले दुई हजार १७२, नेमकिपाले ५९२, जनता समाजवादी पार्टीले ५८४, जनमत पार्टीले ५८३, एकीकृत समाजवादीले २९५ मत प्राप्त गरेका छन् ।