६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता, झलनाथ पछ्याउदै



अ+ अ-

इलाम । इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिनुभएको छ ।

आज अपराह्नबाट सुरु भएको गणना जारी छ । साँझ ५ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारीअनुसार दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा (एकिकृत समाजवादी) का झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ । खनाल गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार एक सय ७५ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ५७।७७ प्रतिशत हो ।

जसमध्ये पुरुषतर्फ ६८ हजार चार सय ५८ र महिलातर्फ ६० हजार सात सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभएको छ । दुई लाख २४ हजार आठ सय ७७ मतदाता सङ्ख्या रहेको इलाममा एक सय ५० मतदानस्थल र एक सय ३६ मतदान केन्द्र रहेका छन् । रासस