• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

रोल्पामा पुन अगाडि



रोल्पा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्र्तगत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिनुभएको छ । अहिलेसम्म एक हजार १६ मतगणना हुँदा पुनले छ सय ९० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले दुई सय आठ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा ९२० मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन सिजलले अग्रता लिनुभएको छ । तीन सय एक मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले एक सय ४४ मत ल्याउनुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेमबहादुर घर्तीमगरले ६८ मत पाउनुभएको छ ।

त्यस्तै प्रदेश १ मा ६०५ गन्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जोगबहादुर महराले ३७० र एमालेका कमलबहादुर बुढाथोकीले १०६ मत पाउनुभएको छ ।रासस