२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ निर्वाचन क्षेत्र नं १ र २ को मतगणना सुरु



अ+ अ-

बलेवा । बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।

आज दिउँसो साढे ४ बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं २ को मतगणना भइरहेको छ ।

आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेको छ ।

प्रतिनिधिसभाको क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डा सूर्य पाठकलगायत चुनावी मैदानमा हुनुहुन्छ भने क्षेत्र नं २ मा शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललगायत चुनावी मैदानमा हुनुहुन्छ ।