९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–३ मा एमालेलाई अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिनुभएको छ ।

तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गर्नुभएको छ । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का गणेश गिरीले दुई सय ५२ मत पाउनुभएको छ । तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो । एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो ।

प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता

निर्वाचन क्षेत्र नंं ३ प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता छ । प्रदेशतर्फको तीन हजार ९७ मत गन्दा लामाले नौ सय ५६ मत प्राप्त गर्नुभएको हो । एमालेका चन्द्रमान लामाले सात सय ९०, स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले पाँच सय ७४, राप्रपाका चुण्डी लामाले पाँच सय २३ र नेकपा ९माओवादी केन्द्र० का कपिलमुनि उप्रेतीले ९० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशतर्फ तीन हजार एक मत सदर र ९६ मत बदर भएको जनाइएको छ ।