१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा राउत दाजुभाइको सुरुआती अग्रता



अ+ अ-

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु जयकान्त राउतले दुई सय ३८ मतका साथ अग्रता लिनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका रामदेव साहले दुई सय १४ मतका साथ पछ्याइ रहनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरीले दुई सय एक मत ल्याएर तेस्रोमा हुनुहुन्छ । प्रदेशसभातर्फ क्षेत्र नं १ ९१० र ९२० मतगणना कार्यसमेत सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सप्तरीको क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो अग्रता कायमै राख्नुभएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि जारी क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले एक हजार २० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार सय ५२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले तीन सय आठ मत ल्याएर तेस्रोमा हुनुहुन्छ । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ ९१० मा जनमत पार्टीका सतिश सिंहले एक हजार तीन सय २१ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच सय ६१ मत प्राप्त गर्नुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार सय ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नं २ ९२० मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस