९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गर्नुभएको छ ।

महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताउनु भयो । महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली काँग्रेसमा विजयी सांसदबाटै संसदी दलको नेता चुनिने हो । आजको दिनको यथार्थ के हो भने नेपाली काँग्रेस बाहेक, अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा हुँदैन जस्तो लाग्छ । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । आइहालेको अवस्थामा नेपाली काँग्रेस भित्र आउने हो । जहा संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रश्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाबाट सांसद भएर गएको भोलिपल्ट बाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो । लड्न्े हो, जित्ने हो । सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने हो भने मेरो संकल्प हो ।’

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो ।




भर्खरै