• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने ★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गर्नुभएको छ ।

महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताउनु भयो । महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली काँग्रेसमा विजयी सांसदबाटै संसदी दलको नेता चुनिने हो । आजको दिनको यथार्थ के हो भने नेपाली काँग्रेस बाहेक, अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा हुँदैन जस्तो लाग्छ । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । आइहालेको अवस्थामा नेपाली काँग्रेस भित्र आउने हो । जहा संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रश्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाबाट सांसद भएर गएको भोलिपल्ट बाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो । लड्न्े हो, जित्ने हो । सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने हो भने मेरो संकल्प हो ।’

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरु शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गर्नुभयो ।