६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मत गणना आज राति ९ बजेबाटः प्रमुख निर्वाचन आयुक्त

मत गणना आज राति ९ बजेबाटः प्रमुख निर्वाचन आयुक्त
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना कार्य शुरु गरिने बताउनुभएको छ ।

आईतवार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उहाँले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताउनुभएको हो । आज बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताउनु भयो ।

उहाँले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताउनु भयो । उहाँले हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताउनु भयो । उहाँले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताउनु भयो । उहाँले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैले मत हालौँ । अहिलेसम्मको सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको छ । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न हुन्छ । ७० प्रतिशत भन्दा बढी मतदान हुन्छ भन्नेमा हामी ढुक्क छौँ । आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ । हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरु गर्ने भनेका छौँ । ८ दिन भित्रमा सबै नतिजा दिने तयारीमा छौँ ।

मंसिर २२ गते भित्रमा सबै नतिजा आउनेछ । अहिले शुरु शुरुमा भएकाले सबै कुरा व्यवस्थित भइनसकेकाले एक जनालाई झन्डै २ मिनेट लाग्ने देखियो । व्यवस्थापन सहजीकरण गर्न आग्रह गर्दछु । ४ मतपेटिका, ४ मतपत्र र ४ ठाउँबाट निस्किनुपर्ने गर्दा केही जटिलता देखिएपनि हामीले समयमा नै यो गर्नसक्छौँ । कर्मचारीहरुलाई शुरु हुँदै गर्दा व्यवस्थापनमा जटिलता जस्तो देखियो, सबै ठाउँमा सबै कर्मचारी खटिएको र मतपत्र दिने ठाउँ नै बढी व्यवस्थित हुनुपर्ने भएकाले खासै त्यस्तो अफ्ठ्यारो स्थिति छैन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताउनु भयो । उहाँले मतदान केन्द्र अहिले शुरुमा भएर त्यति व्यवस्थित हुन नसकेपनि बिस्तारै व्यवस्थित हुनेमा विश्वस्त रहेको बताउनु भयो ।