• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही ★   भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध ★   भारी बर्षाको कारण विराटनगरमा ५ सय बढी घर डुबानमा ★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न पनि सम्बन्धित निकायहरु र पक्षहरुलाई निर्देशन दिनुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भन्सुन, धम्की, आदि आउनसक्ने अवस्थालाई मध्यनजर गरी त्यसबाट टाढा रहन र कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर वा त्यसबाट प्रभावित भएर निष्ठापूर्वक निर्वाचन गराउने कर्तव्यबाट विचलित नहुन पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मतदान तथा मतगणना कार्यमा खटिनुभएका सम्पूर्ण जिम्मेवार कर्मचारी साथीहरु तपाईहरु यो महत्वपूर्ण जिम्मेवारीमा नियुक्ति भइ कार्य सम्पादन गर्न खटिनुभएकोमा म, निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट सबैलाई शुभकामना छ । मतदान अधिकृत, मत गणना अधिकारी र कर्मचारीको जिम्मेवारी पाउनु भनेको गर्वको विषय हो । यो गरिमालाई कायम राख्दै मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन आग्रह छ । नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्नुहोस् । व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रहेर कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नुहोस् ।

निर्वाचनको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भन्सुन, धम्की, आदि आउन सक्दछन् । त्यसबाट सधैँ टाढा रहनुस् । कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर वा त्यसबाट प्रभावित भएर निष्ठापूर्वक निर्वाचन गराउने कर्तव्यबाट विचलित नहुनुस् । सदैव प्रतिवद्ध भएर आफ्नो कार्यमा लाग्नुहोस् । निर्वाचनमा प्रयोग गरिएका मतपत्र मतपेटिका र अन्य निर्वाचन सम्बन्धी सामग्रीको दुरुपयोग कहीँ कतैबाट हुन नदिनुहोस् । कसैले अवाञ्छित कार्य गर्न खोजे कानून बमोजिम प्रतिकार गर्नुहोस् तर यस्ता काममा कदापि कसैको मतियार र सहयोगी नबन्नुहोस् ।

मतदान तथा मतगणना सम्बन्धी कुनैपनि किसिमका विवाद निरुपण गर्दा पक्षहरुबाट पर्नसक्ने प्रभावबाट सधैँ स्वतन्त्र, सजग रहनुस् । उपयुक्त समाधान निकाल्नुस् । राजनीतिक दल वा उम्मेवार वा त्यहाँको निर्वाचन प्रतिनिधि वा अन्य कुनैपनि व्यक्तिको स्वार्थ, वा प्रभावमा परेर कुनैपनि काम नगर्नुस् । मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्नुहोस् । तपाईको कामले तपाई आफू नै लज्जित हुनुपर्ने अवस्था आए हामी सबै लज्जित हुनुपर्नेछ । तपाईको काम निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्न आग्रह गर्नुभयो ।