२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसल्याण्डमा रहेका नेपालीले अभिभावक भेटेपछि …



अ+ अ-

आइसल्याण्ड । आइसल्याण्ड झट्ट सुन्दा चिसो देश । तर थोरै मात्रामा रहेका नेपालीहरू यहाँ मौसमका रूपमा होइन विज्ञका रूपमा जमेर बसेका छन् ।

कमै मात्र नेपाली पुग्ने यो ठाउँमा पहिलो पटक २५ वर्ष अगाडि पुगेका नेपाली आशकुमार गुरुङले बनाएको गोरेटोमा अहिलेसम्म १७० जना नेपाली विभिन्न पेशा र व्यवसाय गरेर बसिरहेका छन् ।

गुरुङ कायाकिङ प्रशिक्षकका रुपमा सन् १९९५ मा आइसल्याण्ड पुग्नुभएको थियो । दक्षिणी गोलार्द्धको एक भूमि अर्थात नेपालमा जन्मिएकाहरूको त्यति आवतजावत नहुने उत्तरी गोलार्द्धमा पुगेका नेपालीहरू आफ्नो सामु राष्ट्रको अभिभावकलाई पाउँदा निकै हर्षित भए ।

करिब ३ लाख ६२ हजार जनसंख्या रहेको एटलान्टिक महासागरको माथिल्लो समुद्रको बीचमा रहेको एउटा अनौठो जस्तो लाग्ने टापुमा रहेका नेपालीले पहिलो पटक मातृभूमिका अभिभावकलाई आफ्नो कर्मथलोमा भेटेका थिए । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकको बाहिरी वातावरण चिसो थियो तर त्यहाँ रहेका नेपालीहरूले न्यायो र आत्मीयरूपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेका थिए ।

आइसल्याण्ड विश्वविद्यालयका प्रोफेसर राजेश रुपाखेतीले भन्नुभयो “यहाँ जति नेपाली छौँ एउटै परिवार जस्तो छौँ । बालबालिकाका लागि नेपाली भाषा कक्षादेखि कोही बिरामी परे वा समस्यामा परे सहयोग गर्न सबै जुट्छौँ” । उहाँले भन्नुभयो, “मातृभूमिबाट पर भए पनि हामी नेपालीहरू एउटै परिवार भै मिलेर बसेका छौँ तर देशको भद्रगोल अवस्था देख्दा दुःख लाग्छ ।”

सिभिल ईञ्जिनियरका रूपमा कार्यरत राजन ढकालले राष्ट्रपति भण्डारीलाई यहाँको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “यो मुलुक नेपालभन्दा झण्डै ४३ प्रतिशत सानो मुलुक हो तर विश्वको चौथो अति विकसित मुलुक हुनुका साथै शान्तिपूर्ण मुलुकको सूचीमा पहिलो नम्बरमा रहेको छ ।” “यहाँको समृद्धिबाट नेपालले चाहे धेरै कुरा सिक्न सक्छ ।” भू जोखिम, बाढी र पहिरो तथा भूकम्प जस्ता विपद्को जोखिम न्यूनीकरण गर्न सकिन्छ ।  उहाँले भन्नुभयो, “नेपाल पनि प्राकृतिक विपद् जोखिमयुक्त मुलुक हो । विपद् रोक्न नसके पनि क्षति भने कम गर्न सकिन्छ ।”

नेपालमा हुने प्रत्येक घटनालाई आफूहरूले नजिकबाट हेरिरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “भूकम्प, कोरोनालगायतका बेला सकेको सहयोग जुटाएर मातृभूमिका लागि पठायौँ ।” उहाँका अनुसार यहाँ रहेका नेपालीहरूबीच बेला बेला जम्मा भएर देशको कला संस्कृतिका बारेमा चर्चा हुने गर्छ । “दशैँ, तिहार, तीज, नयाँ वर्ष जस्ता पर्वहरूमा एकै ठाउँमा जम्मा भएर रमाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “बालबालिकाका लागि नेपाली भाषा कक्षा पनि सञ्चालन गरिहेका छौँ ।”

उतै जन्मिएर र यता जन्मिए पनि अभिभावकसँग आइसल्याण्ड पुगेका बालबालिकाले तोते बोलीमा राष्ट्रियगान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ गाउँदा सबैले आफ्नो माटोको स्मरण गरेका थिए ।

संख्याका रूपमा थोरै मात्रामा नेपाली रहे पनि यहाँको उपस्थिति सम्मानजनक रहेको छ । उहाँका अनुसार विश्वविद्यालय, नर्सिङ, इन्जिनियरिड, लेखा, विद्यार्थी तथा पर्यटन, होटल तथा रेष्टुरेन्ट क्षेत्रलगायत विभिन्न पेशामा नेपालीहरू क्रियाशील रहेका छन् ।

राष्ट्रपतिको उपसस्थितिलाई संयोगवश जुरेको दुर्लभ अवसरका रूपमा त्यहाँ उपस्थित नेपालीहरूले लिएका थिए । उनीहरूले राष्ट्रपतिले देश र जनताका लागि खेलेको सकारात्मक भूमिकाको पनि उच्च प्रंशसा गरेका थिए । दौरा सुरुवाल तथा गुन्यस चोलीमा उपस्थित नेपालीहरू अभिभावकसँग मज्जासँग फोटो खिच्न पाउँदा प्रफुल्लित देखिन्थे ।

राष्ट्रपति भण्डारीले न्यायो स्वागतका लागि धन्यवाद दिँदै कर्म गर्न जहाँ जहाँ पुगे पनि नेपालको शीर उँचो राख्न आग्रह गर्नुभएको थियो । उहाँल भन्नुभयो, “यहाँ आएर तपाईंहरुले जे विषयमा विज्ञता हासिल गर्नुभएको छ त्यो देशका लागि पनि उपयोग गर्नुहोस् ।”

नेपाली स्वादको मसला चिया खाँदै उनीहरूले भने, “कहिल्यै नसोचेको यो दुर्लभ अवसर हामीलाई प्राप्त भयो । आखिर कर्मका लागि जता पुगे पनि ‘यो मन त मेरो नेपाली हो’ ।”




भर्खरै