६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुस्: गृहमन्त्री

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुस्: गृहमन्त्री
अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा राससलाई दिनुभएको अन्तवार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।”

उहाँले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “पहिलेपहिले स्थानीय तहको निर्वाचन विभिन्न चरणमा गर्ने गरेकामा यस वर्ष हामीले एकैदिन बडो सौहार्दपूर्णरुपमा निष्पक्षरुपमा सम्मपन्न ग¥यौँ, हामीलाई यसबाट पनि आत्मबल बढेको छ, अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।”

मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सुरक्षा व्यवस्था अपनाइएको जानकारी उहाँले दिनुभयो ।

मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने विषयलाई वर्तमान सरकारले ध्यानमा राखेको र सोहीबमोजिम नै नागरिक तथा मतदानपछि मतपेटिका र सबै अवस्थाको सुरक्षा चुस्त बनाइएको गृहमन्त्री खाणले बताउनुभयो ।

उहाँले कुनै पनि किसिमको बाधा व्यवधान नहुने स्पष्ट गर्दै सबै नेपाली नागरिकलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन र ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । एक प्रश्नमा उहाँले नेपाली कांग्रेस आगामी निर्वाचनपछि सबैभन्दा ठूलो दल बन्ने दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ र कांग्रेस नेतृत्वकै सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार निर्माण गर्न मिल्ने सजिलो बहुमत हासिल गर्दछ ।” इतिहासमा समय समयमा मुलुकलाई सङ्कट परेकाबेला नेपाली कांग्रेसले नै नेतृत्व प्रदान गर्दै आएको, कोरोना महामारीको सङ्कट साथै संविधानमाथि नै हस्तक्षेप गरी संसद् विघटन भइरहेका बेला संविधान र प्रजातन्त्रको संरक्षणका लागि कांग्रेसले नै नेतृत्व प्रदान गरेको विगतको यथार्थका कारण यसपटक पनि नेपाली जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउने उहाँको भनाइ थियो ।

अर्को एक प्रश्नमा उहाँले सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनमा स्पष्ट बहुमत ल्याउने र यही गठबन्धनको सरकार बन्ने पनि दाबी गर्नुभयो । निर्वाचनपछिको प्रधानमन्त्री को हो भन्ने प्रश्नमा उहाँले अहिले नै यसको निक्र्यौल नभएको र चुनावपछि यसको निर्णय हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी गठबन्धन मिलेर नै निर्वाचनमा गएका छौँ, हाम्रा उम्मेदवार नै साझा छन् र हामी ती उम्मेदवारलाई जिताउन पनि सबैजना सहकार्य गरेर लागेका छौँ, त्यसैले भोलि निर्वाचनपछि को प्रधानमन्त्री हुन्छ भन्ने विषय पनि गठबन्धनको साझा निर्णयका आधारमा नै हुनेछ ।”

कांग्रेसभित्र पनि को प्रधानमन्त्री बन्ने भन्ने विषयमा विभिन्न चर्चा सुरु भएका छन् नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “यो चुनावपछिको कुरा हो, गठबन्धनले सरकार गठन गर्न सहज तथा स्पष्ट बहुमत हासिल गर्छ, त्यसपछि गठबन्धनको निर्णयअनुसार नै सरकार बन्छ ।”

अर्को एक प्रश्नमा उहाँले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुनुपर्ने र आफूहरुले चुनावपछि त्यसैका लागि पहल गर्ने पनि बताउनुभयो । यसअघि देश महामारीको सङ्कटमा परेर ठप्प भएका बेला अकास्मात् प्रदेश राजधानी अन्यत्रै सार्ने काम गरिएका र बुटवलबाहेक प्रदेश राजधानी बनाउन मिल्ने अर्को कुनै ठाउँ नरहेको भन्दै प्रदेश राजधानी बुटवलमै हुनुपर्नेमा र त्यसका लागि आपूmहरु लाग्ने बताउनुभयो ।

गृहमन्त्री खाणले आफू सधैँ स्थानीय जनताका माग र उनीहरुका आवश्यकता बुझेर अघि बढ्ने गरेको र आफूले जहिले पनि रुपन्देहीको विकासलाई प्राथमिकतामा राख्ने गरेकाले यसपटक पनि आफू यहाँका नागरिकले विजयी गराउनेमा ढुक्क रहेको बताउनुभयो ।

रुपन्देही क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खाणले यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका र आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो । रासस