• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

चुनाव जित्ने मात्र होइन फराकिलो मतान्तरको साथ जित्ने छौं: बिष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एबं रूपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार विष्णुप्रसाद पौडेलले यसपटकको चुनाव धेरै नै फराकिलो मतान्तरको साथ जित्ने र राष्ट्रियरूपमा चर्चाको केन्द्र बन्ने बताउनु भएको छ ।

घरदैलोको क्रममा तिलोत्तममा बडा नं २ मा भेटिनु भएका पौडेलले न्युजपोलार संग भन्नुभयो “मैले निर्वाचनको परिणामको दृष्टिकोणले, नतिजाका दृष्टिले मलाई चुनौतीको महसुस नै भएको छैन । यहाँचाहिँ कसको उम्मेदवारी कायम रह्यो, कसको खारेज भयो, गठबन्धनले कसलाई समर्थन गर्‍यो, कसलाई अघि सार्‍यो भन्नेतर्फ मेरो ध्यान गएको छैन । त्यसमा मेरो रूचि, चासो, सरोकार केही पनि छैन ।”

आफनो बिजयी प्रति ढुक्क देखिनु भएका पौडेलले रुपन्देही संगै यसपटकको निर्वाचनमा मुलुकभर नेकपा एमालेको पक्षमा जनलहरको आएको बताउनु भयो । उहाँले भन्नुभयो “एमाले सुविधाजनक बहुमत पाउने कुरा निश्चित जस्तै छ ।”

नेता पौडेलसंग मतदाताले भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ ।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधिन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गर्नुभएको हो । उहाँले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढीरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहीत बनाउन विकासका कामलाई तिब्रता दिने बताउनु भयो । उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताउनु भयो । उहाँले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकासका सन्दर्भमा दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरेका छौँ । केही सम्पन्न भएका छन्, केही निर्माणाधिन अवस्थामा छन् । केही शुरु हुने अवस्थामा छन् । त्यसले रुपन्देही जिल्लामा निजी क्षेत्रलाई पनि उल्लेखनीय मात्रामा आकर्षण बढेको छ । लगानीका दृष्टिकोणले पनि महत्वपूर्ण स्थान बन्दैछ । समग्रमा एकातिर लुम्बिनी छ, अर्कोतिर दीर्घकालीन महत्वका, रणनीतिक महत्वका पूर्वाधारका कार्य शुरु गरेका छौँ । अर्कोतर्फ निजी क्षेत्रको आकर्षण बढीरहेको छ । साथै मानवीय विकासका पक्षमा पनि हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयमा आवश्यक ध्यान दिइरहेका छौँ । त्यस हिसावले पनि रुपन्देही मोडलका हिसावले नयाँ र मोडल बन्दैछ । हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ । हामी औषत गतिमा काम गर्ने नभइ तिब्र गतिमा काम गर्न जरुरी छ । घोषणापत्रमा राखेका हाम्रा प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने खालका छन् तर त्यसका निमित्त हामीले तदनुकुलकै प्रभावकारी प्रयासहरु गर्नुपर्छ ।’

घरदैलो अभियानका क्रममा नै १०६ बर्षिय जेष्ठ नागरिकले पौडेलललाई आर्शिबाद दिदै भन्नुभयो “तिमीले धेरै राम्रो काम गरेका छौं । अझ राम्रो काम गर ।”

एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गर्नुभएको थियो । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा माओवादीकै डा बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गर्नुभएको थियो ।