१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमान्दारी, जिम्मेवारी र जवाफदेहीपूर्ण तरिकाले निर्वाचन गराउन नियोगको अपिल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन इमान्दारी, जिम्मेवारी तथा जवाफदेहीपूर्णरुपमा सम्पन्न गराउन अपिल गरेको छ ।

नियोगले आज पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल र उम्मेदवारलगायत सबैमा उक्त अपिल गरेको हो ।

नियोगका अध्यक्ष कपिल श्रेष्ठले निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिँदै निर्वाचनबाट बन्ने भोलिको सरकारले देशको विकास र स्थायित्व दिनसक्ने हुनुपर्ने बताउनुभयो । नियोगले गत असोजको अन्तिम सातादेखि नै निर्वाचनको पूर्वअवधिको पर्यवेक्षण गर्न नेपालका ७७ जिल्लामा तालिम दिएर पर्यवेक्षक खटाएको छ । नियोगले दीर्घकालीन पर्यवेक्षणको तयारी, मतदाता शिक्षा, प्रचारप्रसारका गतिविधि, निर्वाचनमा हिंसा तथा सुरक्षालगायतका विषयमा नेपालमा पहिलो पटक एपोलो दु्रत रिपोर्टिङ प्रणालीको प्रयोग गरेको जनाएको छ ।

नियोगले ७७ जिल्लामा करिब दुई हजार छोटो अवधिका लागि पर्यवेक्षक तयार गरेको छ । तीमध्ये एक सय ५० राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्रमा लक्षित गरेर तयार गरेको नियोगले जनाएको छ । नियोगले पर्यवेक्षक प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यफरक बनाउन राष्ट्रियस्तरको ‘डाटा सेन्टर’ स्थापना समेत गरेर काम गर्ने तयारी गरेको छ ।