• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उम्मेदवारी खारेजीको माग



रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाहको उजुरी परेको छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका मन्त्री खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा उजुरी दर्ता भएको हो । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले सो क्षेत्रमा उहाँलाई उम्मेदवार बनाएको छ । उहाँको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको बताइएको छ ।

अधिवक्ता तारा बरालले यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरेको जानकार दिइन् । उनका अनुसार गृहमन्त्री खाण बहुविवाहमा संलग्न रहेको पाइएकाले उजुरी दर्ता गरिएको हो ।

“खाणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौँ जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौँमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ”, उनले भनिन् ।

निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपछि प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराइएको उनले जानकारी दिइन् ।