९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन बहिष्कार गरौँ भन्दै निर्वाचन आयोगभित्रै नाराजुलुसहित पर्चा छरियो



अ+ अ-

काठमाडौँ । मूलबासी मंगोलको पक्षमा नरहेको वर्तमान संविधानबमोजिम आसन्न निर्वाचन बहिष्कार गर्नुपछै भन्दै निर्वाचन आयोगको कार्यालयभित्रै नाराबाजीसहित पर्चा छरिएको छ ।

संघीय प्रवक्ता भीम विक, युवा नेता आरेन राईलगायत एक दर्जन बढीले निर्वाचन आयोगभित्रै प्रवेश गरी निर्वाचन आयोगका साथै आसन्न निर्वाचनलाई लिएर चर्को नाराबाजीसहित पर्चा छरेका थिए ।

उनीहरुको चर्को विरोधपछि झन्डा ब्यानरलगायत जफत गरी उनीहरुलाई दरबार मार्गस्थित प्रहरी वृत्त दरबार मार्गमा राखिएको छ ।

उनीहरुले छरेको पर्चामा पञ्चायती चुनाव, बहुदलीय चुनाव र घोषित चुनाव चन्द्र शम्शेरको १९२६ को चुनावी ढाँचा हो भन्दै नियमित कर्मकाण्डका रुपमा हुने यो चुनावबाट कुनै आमूल परिवर्तन नहुने उल्लेख छ ।

“यो संविधान तीन जना बाहुनवादी टाउकेको ब्रह्मजाल हो, यो संविधानले खसआर्य सर्वोच्चतालाई कायम गर्दै वर्णभेदलाई अंगीकार गर्यो, संविधान नै पहिलो समस्या हो”, पर्चामा उल्लेख छ ।

नश्लवादी लम्पट आयोग ९निर्वाचन आयोग० ले गरेको अनि यिनै बाहुनवादी शासकहरुले गरेको निर्वाचनको कुनै विश्वसनीयता पनि छैन भन्दै पर्चामा निर्वाचन आयोगले सत्ताधारीहरुकै वैशाखी बनिदिएर मूलवासी मंगोलहरुले नेतृत्व गरेका दलहरुलाई वर्षौं दर्ता गर्न नदिई अलमलाउने गरिएको बताइएको छ ।

पक्राउ परेका प्रवक्ता विकले भने, “”यो सैद्धान्तिक लडाईं राज्यसँग हो हामी मुकाबला गर्नेछौँ ।




भर्खरै