६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लुम्बिनी प्रदेशको अस्थायी राजधानी पुनः बुटवल सार्न काँग्रेस र एमाले सांसदहरु एकसाथ

लुम्बिनी प्रदेशको अस्थायी राजधानी पुनः बुटवल सार्न काँग्रेस र एमाले सांसदहरु एकसाथ
अ+ अ-

बुटवल । गृहमन्त्री एवं सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको राजधानी हचुवामा दाङ सारिएको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताउनुभएको हो । चुनावी घरदैलोका क्रममा उहाँले रुपन्देही सबै जिल्ला र केन्द्रिय राजधानी तथा मुख्य शहरहरुसँग पनि सहज जोडिएकाले बुटवललाई अस्थायी राजधानी तोकिएपनि कोरोना कालमा देश लकडाउन भएको बेला बुटवलबाट दाङ सारिएकोमा रुपन्देहीका जनतामाथि अन्याय भएको बताउनुभएको हो ।

रुपन्देही पूर्वाधारका हिसावले पनि सुगम भएकाले राजधानीका लागि उपयुक्त स्थान भएकाले बताउनु भयो । उहाँले अहिलेको जस्तो सहज समयमा राजधानी सार्न खोजेको भए निर्णय गर्न नै नसक्ने अवस्था सिर्जना हुने बताउनु भयो ।

गृहमन्त्री खाँणले दाङमा लुम्बिनी प्रदेशको राजधानी सार्नु उचित नभएकाले राजधानी बुटवलमा नै फर्ता गर्न जनताको साथ र सहयोगको अपेक्षा राखेको बताउनु भयो । पूर्ववर्ती सरकारको निर्णयले रुपन्देहीका जनता रुष्ट रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा सात प्रदेशमा अस्थायी राजधानीको मुकाम उहाँले तोक्नुभएको हो । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा तोकियो । बुटवलमा जुन खालको भौतिक पूर्वाधारको अवस्था, अन्तर्राष्ट्रिय एयरपोर्ट पनि भैरहवामा नै छ । गौतमबुद्धको जन्मस्थल पनि यसै जिल्लामा पर्छ । त्यसकारण यो जिल्लाबाट वा रुपन्देही, बुटवलबाट विदेश जान पनि सहजता छ, काठमाडौंसँग पनि कनेक्शन सुगम छ, पोखरासँग पनि यसको कनेक्शन छ, सांस्कृतिक, भौतिक सबै कुराले बुटवल अस्थायी राजधानीका लागि उपयुक्त थियो, त्यही अनुसार यहाँ राखिएको थियो ।’

‘नेपाली सेनाको पृतना पनि बुटवलामा राखिएको छ । राजधानीलाई एकदम हचुवाको भरमा बुटवलबाट बाहिर सार्नु उचित थिएन । हिजो पनि बुटवलमै राख्न प्रधानमन्त्रीसँग आग्रह गरिएको हो, आज पनि छ । यसमा जनताको साथ सहयोग चाहिन्छ, मुलुक नै कोरोनाका कारण लकडाउन भएको बेलामा उहाँले निर्णय गर्नुभएको हो । सहज बेलामा निर्णय गरेको भए, निर्णय गर्न पनि सहज थिएन । रुपन्देही आसपासमा रुपन्देहीमा राजधानी राख्छौँ भनेर हात जोडेर भोट मागेकाहरुले नौ लगेर बुटवल भन्दा बाहिर बिस्थापित गरे । त्यसैले रुपन्देही जनता पूर्ववर्ती सरकारसँग रुष्ट हुनुहुन्छ । यो रुपन्देही र बुटवलका नागरिकप्रति अन्याय जस्तो भएको छ ।’

यता नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलपनि काँग्रेस नेता खाँणको भनाइमा सहमत हुनुहुन्छ । उहाँले आफूले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुनुपर्ने कुरा बारम्बार भनिसकेको बताउनु भयो ।

चुनावी घरदैलोका क्रममा  उहाँले आफ्नो निर्णय विपरित प्रदेश सभाले बुटवलबाट अन्यत्र सारेपनि केन्द्र र प्रदेशको राजधानी हुनका लागि आधारभुत आवश्यक्ताका दृष्टिकोणले सबैभन्दा उपयुक्त ठाउँ बुटवल नै रहेको बताउनु भयो । उपाध्यक्ष पौडेलले प्रदेश सभाको निर्णय उसको अधिकार भएपनि प्रदेश सभाले चाहेमा पुनः प्रदेशको राजधानी अन्यत्र सार्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले प्रदेशको राजधानी र केन्द्र कहाँ हुनुपर्छ भन्नेकुरा भनिसकेको छु । मेरो निर्णय भन्दा विपरित प्रदेश सभाले निर्णय गरेको छ । तर यो निर्णयले बुटवलको निर्णयको औचित्य खण्डित गर्न सक्दैन । केन्द्र र प्रदेशको राजधानी हुनका लागि जे जस्ता आधारहरु चाहिन्छन् त्यस दृष्टिकोणले हेर्दा सबैभन्दा उपयुक्त ठाउँ रुपन्देही हो, बुटवल हो । जहाँसम्म प्रदेश सभाले निर्णय गरेको छ, त्यो उसको अधिकारको विषय हो, सँगै यो पनि हो कि प्रदेश सभाले चाहेमा फेरि अर्को निर्णय गर्नसक्छ ।’

उपाध्यक्ष पौडेलले रुपन्देहीका जनताले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न, रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्र बनाउन र शिक्षा, स्वास्थ्य, रोजगारीमा प्राथमिकता दिन माग गरेको बताउनु भयो । उहाँले जिल्लाका सुकुम्वासीका समस्याहरु चाँडै समाधान होस् भन्ने अपेक्षा रुपन्देहीका जनताले लिएको बताउनु भयो । उहाँले आसन्न निर्वाचनपछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो ।