• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

जब राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बज्यो…



काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा एक रमाइलो किस्सा भयो । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

बुधबार ‘भारत जोडो यात्रा’ कार्यक्रममा गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान बज्यो ।

गान्धीले बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै भारतको गीत बजाउन भने । भिडियोमा सबै जना राष्ट्रिय गान गाउन तयार देखिन्थे ।  तर दोस्रोपटक पनि फेरि नेपालकै राष्ट्रिय गीत बज्यो ।  ‘सयौं थुंगा फूलको हामी..’ बजिसकेपछि गीतलाई रोक्दै पुनः गान्धीले भारतको गीत ‘जनगणमन’ निर्देशन दिए । तेस्रो पटक बजाउदा बल्ल भारतको राष्ट्रिय गान बज्यो ।

भारतीय कांग्रेसलाई गाउँसँग जोडने भन्दै भारत जोडो यात्रामा निस्किएका गान्धीको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

महाराष्ट्रको वासिममा आयोजित उक्त कार्यक्रममा गान्धीले ३० मिनेटको भाषण पनि दिए ।