९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकार खरानीको डल्लो हो– ओली



अ+ अ-

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनको सरकार खरानीको डल्लो भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यो गठबन्धन सरकार मंसिर ४ पछि रहँदैन, यो खरानीको डल्लो जस्तो हो ।”

मंसिर ४ को निर्वाचनपछि माओवादी खरानीको डल्लो फुट्ने र सडकमा जाने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा माओवादी ५÷७ सिटमा सीमित हुने टिप्पणी गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्ने भनी दिएको अभिव्यक्तिप्रति अध्यक्ष ओलीले हिजो छोरी बिकाउनका लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताउनुभयो ।

गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही होइन भन्दै उहाँले भन्नुभयो, “यस्ता नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी जिताउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दैछन्, अरु कसैको श्रीमती, कसैका छोरा, कसैका ज्वाइँलाई जिताउनका लागि दिइने यस्ता अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैन ।”




भर्खरै