• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल ★   तातो हावा ‘लू’ ले जनजीवन कष्टकर ★   डिशहोमले टी २० विश्वकप र यूरो कप २०२४ लाई लक्षित गरी रोड-शो गर्दै ★   राजमार्गमा हिलो र धुलोले सास्ती

महानगरले बानेश्वर प्लाजाको एउटै भवनबाट ४३ वटा बोर्ड हटायो



फाईल फोटो

काठमाडौ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउदै आएको छ । अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिनमा महानगरले २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ ।

महानगरले बानेश्वरमा रहेको बानेश्वर प्लाजाबाट दिनभर लागेर ४३ वटा बोर्ड हटाइएको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए ।

पुतलीसडकबाट ४३ वटा, महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाएको छ ।

महानगरले एकभन्दा बढी बोर्ड र ३० बर्गफुटभन्दा ठूलो आकारको बोर्ड हटाउदै आएको छ ।