• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

महानगरले बानेश्वर प्लाजाको एउटै भवनबाट ४३ वटा बोर्ड हटायो



फाईल फोटो

काठमाडौ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउदै आएको छ । अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिनमा महानगरले २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ ।

महानगरले बानेश्वरमा रहेको बानेश्वर प्लाजाबाट दिनभर लागेर ४३ वटा बोर्ड हटाइएको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए ।

पुतलीसडकबाट ४३ वटा, महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाएको छ ।

महानगरले एकभन्दा बढी बोर्ड र ३० बर्गफुटभन्दा ठूलो आकारको बोर्ड हटाउदै आएको छ ।