१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड



अ+ अ-

काठमाडौँ । चितवनमा नेपाली कांग्रेसका नेता एवं राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारसमेत रहेका श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडोमा भरतपुरको प्रतीक्षा टोलमा बिहान एक समूह आएर ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा कार्यकर्तासहित श्रेष्ठ सो स्थानमा पुगेको बताइएको छ । घरदैलो गरिरहेका बेला मोटरसाइकलामा आएका केही व्यक्तिले ढुंगा हानेर गाडीको सिसा फुटाएको प्रहरीले बताएको छ ।

गाडी तोडफोड गर्नेको अहिलेसम्म पहिचान हुनसकेको छैन ।