६ असार २०८३, शनिबार
,
Latest
रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा पैसाको चलखेल हुन सक्छः हिमेश केसी



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नंम्बर १० मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमेश केसीले चुनावमा पैसाको चलखेल हुन सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कीर्तिपुरमा चुनावी घरदैलो कार्यक्रमपछि भएको कोणसभालाई संबोधन गर्दै केसीले विगतको १० वर्षमा पनि काम नगर्ने नेतालाई कीर्तीपुरको गेटबाट प्रवेश गर्न नदिने चेतावनी समेत दिए ।

नेपाली कांग्रेसले कीर्तिपुरका १९ ओटा गुठी किनेर चुनाव जित्ने हल्ला गर्दै आएको त्यसो भन्नु नेवा समुदाय माथिको भावना माथि गम्भिर खेलबाड भएको उनको भनाई छ ।

यस्तै, अब देखि जुनसुकै दलका भए पनि काम नगर्ने नेताहरुलाई जनताले लखेट्नुपर्ने उनले बताए ।

अब राजनिति सुधार गर्ने नै हो भने कीर्तिपुरबाटै सुरुवात गर्नुपर्ने बताउँदै उम्मेदवार केसीले विगतमा काठमाडौँ क्षेत्र नंम्बर १० बाट चुनाव जितेर पनि सिन्को नभाचेको आरोप लगाउँदै विगतमा जितेकोलाई भन्दा पनि नयाँलाई मौका दिनुपर्ने बताए ।

१० वर्षमा पनि विकास गर्न नसकेकोले आफ्नो उम्मेदवारी परेको र अब काठमाडौँ १० लाई विकास गर्ने जिम्मेवारी काँधमा दिन जनतालाई उनले अपिल गरेका छन् ।

कीर्तिपुरमा भएको घरदैलोमा नेवा समुदायका सयौँ व्यक्तिहरुले साथ दिँदै अब विगतमा जितेकालाई भन्दा पनि हिमेश केसीलाई नै एकपटक विचार गर्ने बताएका छन् ।

पर्यटकीय तथा धार्मीक रुपले सम्पन्न रहेको काठमाडौँ १० प्रचारप्रसार र बाटोघाटो नहुँदा विकट मानिन्छ । हाल एमालेको तर्फबाट उम्मेदवार बनेका हिमेश केसी काठमाडौँ १० लाई विकास गर्छु भन्दै चुनावमा होमिएका छन् ।

गठबन्धबाट नेपाली कांग्रेसका राजन केसी चुनावी प्रतिस्पर्धामा छन् । ३९ वर्षीय युवा नेता हिमेश केसीको यो डेब्यु उम्मेदवारी समेत हो ।